सावधानी

सुरक्षित वैदेशिक रोजगार चेकलिस्ट

कुनै पनि एजेन्सीसँग परामर्श लिनु वा प्रक्रिया सुरु गर्नु अघि लिनुपर्ने महत्वपूर्ण सावधानीहरू।

मौखिक आश्वासनमा कहिल्यै विश्वास नगर्नुहोस्

नजिकैको आफन्त वा साथीभाइ भए पनि विश्वास नगर्नुहोस्। धेरैजसो ठगीका घटनाहरूमा आफन्तहरू नै संलग्न भएको पाइएको छ। भावनात्मक कुरामा भन्दा तथ्यमा जोड दिनुहोस्।

01

सबै कुरा लिखित रूपमा लिनुहोस्

एजेन्सी प्रतिनिधिलाई सम्भव भएसम्म सबै प्रश्नहरू सोध्नुहोस्। सबै प्रतिज्ञाहरू (तलब, कामको विवरण, सुविधाहरू) एजेन्सीको आधिकारिक लेटरप्याडमा छापसहित लिखित रूपमा माग्नुहोस्।

02

आधिकारिक भुक्तानी मात्र गर्नुहोस्

कडाईका साथ एजेन्सीको आधिकारिक बैंक खाता वा डिजिटल भुक्तानी मात्र प्रयोग गर्नुहोस्। व्यक्तिगत बैंक खातामा कहिल्यै पैसा नपठाउनुहोस्, चाहे त्यो प्रक्रिया छिटो गर्ने बहानामा किन नहोस्।

03

रोजगारीको माग प्रमाणीकरण गर्नुहोस्

मागपत्र (Vacancy) वास्तविक हो कि होइन र त्यसको कोटा, लाग्ने शुल्क (Fee) जस्ता विवरणहरू बुझ्न वैदेशिक रोजगार विभागको आधिकारिक FEIMS पोर्टल वा DOFE को वेबसाइटमा गएर 'Lot Number' वा 'Country' प्रयोग गरी अनिवार्य रूपमा भेरिफाई गर्नुहोस्।

04

एजेन्सीको आधिकारिकता बुझ्नुहोस्

यस प्लेटफर्मको प्रयोग गरी एजेन्सीको इजाजतपत्रको अवस्था र पुरानो रेकर्ड हेर्नुहोस्। आधिकारिक एजेन्सीले आफ्नो इजाजतपत्र देखाउन कहिल्यै हिचकिचाउँदैन।

05

कागजातहरू सुरक्षित राख्नुहोस्

बैंक भौचर, मूल सम्झौता पत्र र कुराकानीका प्रमाणहरू सुरक्षित राख्नुहोस्। ठगी भएको खण्डमा पैसा फिर्ता लिन वा कानुनी कारबाही गर्न यी कागजातहरू अनिवार्य हुन्छन्।

06

सहयोग कहाँ माग्ने?

यदि तपाईं ठगीमा पर्नुभयो वा केही समस्या आएमा तुरुन्तै यहाँ सम्पर्क गर्नुहोस्:

आधिकारिक DoFE पोर्टल
नेपाल प्रहरी
100 / 103